सुचना, समाचार र मनोरन्जन

पोखरा ३२ नेपाली काँग्रेसको सभापतिमा ‘मोहन कुमार प्रधानं’को उम्मेदवारी

  •  
  •  
  •  
  •  

पोखरा /

नेपाली काँग्रेसको १४औं महाअधिवेशन अन्योलको स्थितीमा छ, तैपनि नेताहरुबीच नेतृत्वमा आउने इच्छाहरु धमाधम आइरहेको छ यहि समयमा मोहन कुमार प्रधानंको पोखरा ३२ नेका सभापतिमा उम्मेदवारी आएको छ ।

२०४६ सालको जनआन्दोलन बाट प्रभावित भई नेपाली कांग्रेसमा आबद्ध भई २०४८मा संसदीय उमेदवार अत्यधिक मतले बिजय गराउनसकृय भुमिका खेलेको बताउदै वडा सभापतिमा आफु सक्षम रहेको जनाए ।

२०६२ र ६३ जनआन्दोलन मा नेकाको वडा देखि जिल्ला र केन्द्र सम्म जनआन्दोलन सहभागी भई आन्दोलनमा जेल नेल परेको र आफुले पाटीमा धेरै त्याग गरेकोले अहिले वडा सभापतिमा उम्मेदवारी दिने निर्याय गरेको बताए । आफुलाई वडा सभापतिमा साथीभाईले सहयोग गरी जिताउने विश्वास पनि व्यक्त गरे ।

प्रधान क्षेत्र १ नँ पुर्व क्षेत्रीय तरूण दल कार्यसमिति सदस्य तथा क्षैत्र १ पुर्व क्षेत्रीय जनजाति सघ सदस्य तथा अपांग नगर समन्वय उपाध्यक्ष पुर्व लेखनाथ नगरपालिकाको तथा १२ र १३औं नेका क्षेत्रीय प्रतिनिधी तथा पोखरा ३२ नेका सहल्लाहकार तथा विभिन्न संघसस्थामा सहभागी, गोगन उच मावि को अबिभाग सघको सदस्य , पोखरा ३२ मजुवा कालिका आधारभुत बिधालयको ब्यवस्थापन समिति सदस्य तथा नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला आजीवन सदस्य तथा नेपाल रेटक्स पोखरा ३२ उपशाखा कार्यसमिति सदस्य रहेका छन् ।

कमेन्ट्स
Loading...