सुचना, समाचार र मनोरन्जन

गायिका वाग्लेको तीज गीत “आउ संगी रमाईलो गरौं” सार्वजनिक { हेर्नुहोस् भिडियो }

  •  
  •  
  •  
  •  

पोखरा /

साहित्यकार, गीतकार तथा गायिका चन्द्रवती वाग्लेको तीज गीत “आउ संगी रमाईलो गरौं” २०७८ सार्वजनिक भएको छ । महिला मिलन आमा समूहको आयोजनामा भएको कार्यक्रममा प्नमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले गीतलाई सार्वजनिक गरेकी हुन । वाल्यावस्थादेखि नै साहित्य, गीत संगीतमा रुची राख्दै आएकी लगनशील, कर्मठ श्रष्टा वाग्लेको यो आठौं कृति हो ।

त्यस अवसरमा पगेनीले विषम अवश्थामा श्रष्टाले सिर्जनाको काम गर्नु, मौलिक परम्पराको पक्षमा उभिनु असल कार्य भएको बताईन । अहिले पनि महिलामाथि यो वा त्यो नाममा हिंसा भइर्रहेका छन्, उनले भनिन्, यसका लागि सबै एक भएर लड्नु पर्छ । उनले संचार क्षेत्रबाट गीत, संगीत र कलाको प्रवधर्नको पक्षमा कलम चलाईरहने वाचा गरिन ।

गीतको रेकर्डिङ तथा भिडियो नमस्ते पोखरा ब्रोडकास्टिङ स्टूडियोले निर्माण गरेको हो । गीतमा स्वर, शव्द तथा लय गायीका वाग्लेको रहेको छ। एरेन्ज साहिल गायकले गरेका छन् । गीतमा कथावस्तुमा आधारित अभिनय पत्रकार आरजू विष्ट सल्यानी, भावना पन्तको रहेको छ भने सामूहिक रुपमा दिदिबहिनीहरुले नृत्य प्रस्तुत गरेका छन् ।

भिडियो छायाँकन तथा सम्पादन शिवराजा भुर्तेलले गरेका हुन । सह-छायाँकन शुरेस भुर्तेलले गरेका छन् भने श्रृंगार सुनिता अधिकारीको रहेको छ । छवि सुवेदीको निर्देशनमा बनेको भिडियो, रेकर्डिङ, मार्केटिङ र युट्यूव प्रवर्धन नमस्ते पोखरा ब्रोडकास्टिङले गरेको निर्देशक सुवेदीले बताएका छन् । उनले केही दिनमै भिडियो युट्यूवमा आउने जानकारी दिए ।

हेर्नुहोस् भिडियो :

कमेन्ट्स
Loading...