सुचना, समाचार र मनोरन्जन

ओली-नेपाल भेट गराउन एमाले दोस्रो तहका नेता सक्रिय, नेम्वाङ र पौडेलले गरे एकता गर्न आग्रह

नेताहरू सुवास नेम्वाङ र बिष्णु पौडेलले ओलीसँग भेटेर कुरा गर्न नेपाललाई गरे आग्रह ।

  •  
  •  
  •  
  •  

काठमाडौँ /

नेकपा एमाले भित्रको आन्तरिक विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएर लागेका छन् । ओलीनिकट नेताहरू सुवास नेम्वाङ र बिष्णु पौडेलले ओलीसँग भेटेर कुरा गर्न नेपाललाई आग्रह गरेका छन्।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बढेको दूरी घटाउन तथा पार्टीलाई एक बनाएर अघि बढ्न नेताहरूले कसरत थालेका हुन् । यहीक्रममा हिजो बिहीबार नेम्वाङले नेपाल नेपाललाई भेटेका थिए। भेटमा पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न आग्रह गरेको नेम्वाङले जानकारी दिए ।

‘उहाँ (नेपाल) अलि परै हुनुहुन्छ। हामीले कोशिश गरिरहेका छौं। दुई जना भेट्नुस् भनेका छौं,’ नेम्वाङले भने,‘ कतिपय कुरा उहाँहरूकै बीच गर्न मिल्छ। हामीले त कार्यदलका तर्फबाट १० बुँदे बनाएका छौं।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको दूरी घटना अर्का नेता विष्णु पौडेल पनि लागि परेका छन् । उनले आज नेपालसँग भेटेर पार्टी एकता गर्न आग्रह गर्नेछन् । नेम्वाङ र पौडेल दुबै जना विवाद समाधान कार्यदलमा थिए।

नेपालसहित २२ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि ओली समूहले उनीहरूलाई स्पष्टिकरण सोधेको थियो। पछि ओलीले सबैलाई ‘आममाफी’ भएको बताएका थिए।

एमालेमा विवाद समाधान गर्न बनाइएको कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावमा छलफल गर्न आवश्यक रहेको भन्दै दोस्रो तहका नेताले शीर्ष दुई नेतालाई छलफलका लागि अनुरोध गर्दै आएका छन् ।

नेपाल समूहले केही समयअघि प्रधानमन्त्री हुँदा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलन गरेको थियो। विभिन्न जिल्लामा समानान्तर कमिटी पनि गठन गरिएको थियो।

कमेन्ट्स
Loading...