सुचना, समाचार र मनोरन्जन

म्याग्दीमा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

  •  
  •  
  •  
  •  

म्याग्दी /

बैंकिङ कसूर मुद्दामा जिल्ला अदालत म्याग्दीबाट कैद तथा जरिवाना ठहर भई फरार भएका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मालिका गाउँपालिका-५ बस्ने २८ वर्षीय देवेन्द्र फगामी र मंगला गाउँपालिका-५ बस्ने २९ वर्षीय विर्सना सुनार रहेका छन् । बैंकिङ कसूर मुद्दामा फगामीलाई ६ महिना कैद तथा ८ लाख १३ हजार २ सय २१ रुपैयाँ जरिवाना र सुनारलाई ६ महिना कैद तथा ७ लाख १० हजार ४ सय ९४ रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत म्याग्दीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानका लागि कारागार कार्यालय म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

कमेन्ट्स
Loading...