सुचना, समाचार र मनोरन्जन

पहिरोले कतै मृत्यु कतै सडक अवरोध

  •  
  •  
  •  
  •  

काठमाडौं /

कालीकोट, नरहरीनाथ गाउँपालिका-६ काभ्रारुख बस्ने २१ वर्षीया शरना दर्जीको पहिरोमा च्यापिएर बिहीबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित स्याउले खोला भन्ने स्थानमा बाख्रा गोठालो गएको अवस्थामा पहिरो जाँदा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो । रुकुम(पूर्व), भुमे गाउँपालिका-४ मध्यपहाडी राजमार्गस्थित काडाबगरमा बिहीबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कांक्रीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

बैतडी, पाटन नगरपालिका-६ हिरापुरस्थित खोड्पे-बैतडी सडक खण्डमा बिहीबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।

सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-९ जुरेस्थित अरनिको राजमार्गमा बिहीबार साँझ ढुङ्गा माटोको सहित लेदो पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट सडक खुलाउन पहल गरिरहेको छ ।

कमेन्ट्स
Loading...