सुचना, समाचार र मनोरन्जन

किन गरियो पोखराको पुम्दीकोटस्थित ‘बिशाल महादेव’को मुर्ति दर्शनमा रोक [हेर्नुहोस् विज्ञप्ति]

पुम्दीकोट विशाल महादेव परिसर दर्शन तथा अवलोकन बन्द ।

  •  
  •  
  •  
  •  

पोखराको पुम्दीकोटस्थित बिशाल महादेवको मुर्ति दर्शनमा रोक लगाइएको छ । महानगरकाे वडा कार्यालयले अर्काे सूचना नभएसम्मका लागि महादेव परिसरकाे दर्शन र अवलाेकनमा राेक लगाएकाे हाे ।

पोखरा महानगरपालिका वडा नं २२ कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै अर्काे सूचना नभएसम्मका लागि पुम्दीकोट विशाल महादेव परिसर दर्शन तथा अवलोकन बन्द गरिएको जनाएको छ ।

वडाध्यक्ष मित्रलाल बरालले महादेवको मुर्ति दर्शनका लागि पछिल्लो समय दर्शनार्थीहरुको उपस्थिति अत्यधिक हुन गएको र कोभिड १९ बढ्दै गएकोले सबैको सुरक्षाका लागि भन्दै महादेव परिसर बन्द गरिएको बताए ।

कमेन्ट्स
Loading...