सुचना, समाचार र मनोरन्जन

‘मदन पुरस्कार-२०७७’ : छनौट भएका ९ पुस्तक सार्वजनिक

एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार अर्पण गरिने।

  •  
  •  
  •  
  •  

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०७७’ का लागि ९ पुस्तक सार्वजनिक गरेको छ। जसमा – एकलव्यको देब्रे हात , करिया , कल्प-ग्रन्थ , नृत्याक्षर विज्ञान ,फिलिङ्गो ,फुलाङ्गे ,मोक्षभूमि ,रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) रहेका छन्।

‘मदन पुरस्कार-२०७७’ का लागि गुठीलाई कूल २२२ पुस्तकहरू प्राप्त भएको गुठीले जनाएको छ । प्राप्त पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको हो ।

गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनौटको एउटा आधार बनाइएको थियो। छनौटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार अर्पण गरिनेछ ।

कमेन्ट्स
Loading...