कास्कीमा साउन २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि साउन ३ गते जारी गरिएकाे निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएकाे प्रशासनले जानकारी दिएकाे छ । यसअघि कोभिड-१९ अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि साउन २० गतेसम्म थप गरिएकाे थियाे ।
यस्तो छ प्रशासनको आदेश :
‘कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यस कार्यालयबाट आदेश जारी हुँदै आएकोमा पछिल्ला दिनहरुमा संक्रमण दर र मृत्युदर वढ्दै गएकोले यस सम्वन्धी तथ्याङ्क विश्लेषणका आधारमा पछि उपयूक्त आदेश जारी गर्ने मिति २०७८/०४/१८ गते बसेको जिल्ला कोभिड-१९ व्यवस्थापन समिति (DCMC) बाट निर्णय भए अनुसार संक्रामक रोग ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) तथा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ बमोजिम मिति २०७८/०४/०३ मा जारी निषेधाज्ञा आदेशलाई मिति २०७८/०४/२७ गते राति १२:०० बजे सम्म कास्की जिल्लाभर लागू हुने गरी निरन्तरता दिईएको छ’, सूचनामा उल्लेख छ ।