सुजिना इन्टरटेन्टमन प्रा.लि.ले कोभिड १९ को समयमा बालबालिकालाई घरमै बसि अझ रचनात्मक बनाउन “अनुभब साटौं,भनौं कथा, सुनाओैं कोभिडको समस्या” भन्ने मुल आशयका साथ आयोजना गरेको ‘Suvani Pandemic Covid-19 Life Changer २०७८’ सिजन फस्ट कन्टेस्ट अग्रवाल सेवा केन्द्र कमलपोखरीमा सम्पन्न भएको छ।
online zoom कार्यक्रम मार्फत बिधार्थी र बिधार्थीका अभिभावक हरुको सहभागिता रहेको कार्यक्रममा कार्यक्रका संयोजक श्रीजन बैद्यले समापन कार्यक्रममा कन्टेस्टको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा आएका बाग्मती प्रदेशका सभासद नरोत्तम बैद्यले आफ्नो अनुभबहरु बिधार्थीसंग साटेका थिए
विभिन्न स्कुल र चाइल्ड होमहरुका बालबालिकासँग इन हाउस स्टोरीटेलिङ सेसन, अनुभब साटासाट, कोभिडको असर सम्बन्धीहरु भइराखे पनि यसरी जहाँसुकैबाट, जोकोहि इच्छुक बालबालिका र अभिभावक सहभागी हुन पाउने भर्चुअल सेसनमा ५ मिनेट सम्मको भिडियो बनाई फारम सँगै इमेलम वा फेसबुक पेजमा मेसेन्जर मार्फत पठाउन सकिने ब्यवस्था थियो।
यस्ता कार्य र कन्टेस्टले बालबालिकहरुलाई आफुमा भएको बोल्न सक्ने क्षमता पनि बढ्ने अनि लकडाउनको समयमा समयको पनि सदुपयोग हुने कार्यक्रम- संयोजक श्रीजन बैद्यले बताए ।
कन्टेस्टमा सुजिना श्रेष्ठ लगायत युवाहरु सिभानी कार्कि पोखराबाट ,श्रीजन बैध पाटनबाट,राजिब श्रेष्ठ काठमाडौं र भक्तपुरबाट ,बिपुल अमात्य काठमाडौंको र राज मान्नधर काठमाडौंका प्रतिनिधि रहेका थिए । अगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु संचालन गर्नु पर्ने उनीहरुको भनाइ थियो ।
