काठमाडौं /
पाँच दलीय गठबन्धन सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेपाल भूमिहीन सुकुम्बासी संगठनले आन्दोलन घोषणा गरेको छ।
एमाले सांसद शान्ता चौधरी नेतृत्वको नेपाल भूमिहीन सुकुम्बासी संगठनले भूमि आयोग खारेजीविरुद्ध आन्दोलन थाल्ने भएको हो।
अध्यक्ष चौधरीले बिहीबार विज्ञप्ति निकालेर शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग खारेज गरिदिएर लाखौँ भूमिहीनको जग्गा पाउने मौलिक अधिकार खोसेको निष्कर्ष निकाल्दै आन्दोलन घोषणा गरेकी छन्।
