सुचना, समाचार र मनोरन्जन

अध्यक्षको मनोमानी : गाउँपालिका उपाध्यक्षको ससुराको मृत्युमा सार्वजनिक विदा

हेर्नुहोस् गाउँपालिकाकाे जारी गरेको सूचना

  •  
  •  
  •  
  •  

काठमाडौं /

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले उपाध्यक्ष गीता तिम्सिना गौतमका ससुराको मृत्युमा सार्वजनिक विदा दिएको छ । गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले उपाध्यक्षकै ससुरा भएका कारण स्थानीय तह ऐन सञ्चालनले दिएको अधिकार प्रयोग गरी शोक बिदा दिएको दाबी गरेका छन् ।

उपाध्यक्ष गौतमका ससुरा कृष्णप्रसाद गौतमको मृत्युमा गाउँपालिकाले आज(शुक्रबार) सार्वजनिक विदा दिएको हो । उनको ससुराको ९६ वर्षको उमेरमा बिहीबार मृत्यु भएको थियो ।जनप्रतिनिधिहरु पनि मलामी जानु नै प¥यो । त्यसैले स्थानीय तह सञ्चालन ऐनको विशेष अधिकार प्रयोग गरेर एक दिन शोक बिदा दिएका हौं ।’

गाउँपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत विष्णुप्रसाद पोखरेलले सूचना जारी गर्दै गाउँपालिकाका स्वास्थ्य संस्थाबाहेक सबै कार्यालय बन्द हुने जनाएका छन् ।

गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङ र उपाध्यक्ष गीता तिम्सिना गौतम

हेर्नुहोस् गाउँपालिकाकाे जारी गरेको सूचना :

कमेन्ट्स
Loading...