सुचना, समाचार र मनोरन्जन

दसैँ केन्द्रित बजार अनुगमन तीव्र, ४ पसललाई ९० हजार जरिवाना

काठमाडौँ/

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधवार ४ वटा कम्पनीलाई कारबाही गरेको छ । दसैँ केन्द्रीय बजारमा उपभोक्तालाई विभिन्न बाहानमा ठगेको र खरिद बिल नराखेको, मूल्य सूची नराखेका कम्पनीलाई विभागले कारबाही गरेको हो ।

तथ्यांकअनुसार भक्तपुरको खाद्य वस्तु पसललाई १० हजार जरिवाना गरिएको विभागले जनाएको छ । यस्तै, सुन्दर बस्तीको किराना पसललाई १० हजार रुपैयाँ जरिवाना गराएको छ । यसबाहेक, व्यासीको किराना पसललाई २० हजार रुपैयाँ तिराएको विभागले जनाएको छ ।

यस्तै, विभागले काठमाडौँको किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए । तर, विभागले कारबाहीमा परेका कम्पनी र फर्महरूको सूची भने खुलाएको छैन ।

विभागले बुधवार कूल २१ वटा पसलमा अनुगमन गरेको थियो । यसमध्ये अधिकांशलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.