सुचना, समाचार र मनोरन्जन

१३ वर्षमै आमा बनिन् हसिना, आर्थिक अभाव हुँदा समस्या

  •  
  •  
  •  
  •  

धादिङकी हसिना मिया १३ वर्षमै आमा बनेकी छिन। लमजुङमा बस्दै आएकी उनले छोरीलाई जन्म दिएकी हुन्। ८ दिनको छोरी र हसिना लमजुङमा रहेका छन् ।

मस्र्याङ्दी नदीमा बालुवा बोक्ने क्रममा लभ गरेर २० वर्षिय आइतमान तामाङसँग बिवाह गरेकी हसिनालाई आर्थिक अभाव हुँदा र संरक्षक नहुँदा यतिबेला विभिन्न समस्यामा पर्न थालेपछि सहयोगको पर्खाइमा रहेकी छिन् ।

यतिबेला हसिना फुपुकी छोरी नविनाको सहयोगमा एक कोठामा बस्दै आएकी छिन्, भने सुत्केरी अबस्थामा साँझ बिहान खानलाई अर्काकै भर पर्नु परेको छ ।

केहीदिन देखि हसिनाको बारेमा सामाजिक सन्जालमा समाचार र भिडियोहरु आएपछि उनलाई सहयोग आएको पनि जनाइएको छ।

कमेन्ट्स
Loading...