सुचना, समाचार र मनोरन्जन

कक्षा १२ को परीक्षाको विषयमा छलफल गर्न बोर्डको बैठक बस्दै

British college

कक्षा १२ को परीक्षाको विषयमा छलफल गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि आज बोर्डको बैठक बस्न लागेको हो ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

कमेन्ट्स
Loading...