सुचना, समाचार र मनोरन्जन

सरकारले दोस्रो त्रैमासमा ३१ अर्ब आन्तरिक ऋण उठाउँने

काठमाडौँ/

चालु आर्थिक वर्ष ९आव०को पहिलो त्रैमासमा करिब १ खर्ब आन्तरिक ऋण परिचालन गरेको सरकारले दोस्रो त्रैमासमा भने ३१ अर्ब मात्रै आन्तरिक ऋण परिचालन गर्ने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको आन्तरिक ऋण बोलकबोल तालिका अनुसार दोस्रो त्रैमासमा ट्रेजरी बिल मार्फत १० अर्ब र विकास ऋणपत्र मार्फत २१ अर्ब आन्तरिक ऋण परिचालन हुनेछ ।

चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ४० अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । प्रथम त्रैमासमा ९७ अर्ब ३१ करोड आन्तरिक ऋण बोलकबोल भइसकेको केन्द्रीय बैंकले जनाएको छ । खुला बजार सञ्चालन समितिको परिमार्जित बोलकबोल तालिका अनुसार तेस्रो त्रैमासमा ४७ अर्ब ६९ करोड र अन्तिम त्रैमासमा ६४ अर्ब आन्तरिक ऋण बोलकबोल गर्ने भएका छ ।

दोस्रो त्रैमासमा विकास ऋणपत्र मार्फत २१ अर्ब आन्तरिक ऋण परिचालन हुने भएको हो । जसमध्ये १९ मंसिरमा ६ वर्ष अवधिको ७ अर्बको विकास ऋणपत्र बोलकबोल हुने भएको छ । ५ पुसमा ५ वर्ष अवधिको ७ अर्बकै र २२ पुसमा ८ वर्ष अवधिको ७ अर्बकै विकास ऋणपत्र बोलकबोल हुनेछ ।

यस्तै १० अर्बको ट्रेजरी बिल मध्ये ४ मंसिरमा ३ अर्बको ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल भइसकेको छ । २५ मंसिरमा १८२ दिन अवधिको ४ अर्बको र २३ पुसमा पनि १८२ दिन अवधिको ३ अर्बको ट्रेजरी बिल बोलकबोल हुने भएको हो ।

Leave A Reply

Your email address will not be published.