सुचना, समाचार र मनोरन्जन

‘९ करोड’को लगानीमा बानेश्वरमा अत्याधुनिक सिनेमा हल खोल्दै दीपक–दीपा

  •  
  •  
  •  
  •  

नेपाली चलचित्र क्षेत्रका निर्माता कलाकार तथा दीपकराज गिरी र उनको टिमले अत्याधुनिक सिनेमा हलमा पनि लगानी गरेको छ । नयाँ बानेश्वरस्थित शंखमुल रोडमा उनीहरुले सिनेमा हल निर्माण गरिरहेका छन् । ९ करोड लगानीमा हल संचालन गर्ने तयारी गरिएको छ । अहिले यो हलको निर्माण काम भैरहेको छ ।

निर्माता तथा कलाकार दीपकराज गिरीले हल बन्द भैरहेको खबर आइरहेको समयमा हल खुल्न लागेको खबर सार्वजनिक हुँदा चलचित्र क्षेत्रमा सकारात्मक सन्देश जाने भएकाले पनि यो कुरालाई सार्वजनिक गरेको बताए ।

आउँदो चैतसम्म निर्माण सम्पन्न गरिसक्ने योजना अनुसार काम भइरहेको दीपक बताउँछन् । दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहने छन् । उनले भने–‘हल संचालन गर्ने भन्ने योजना त हाम्रो पहिलेदेखि नै हो । कोभिडको महामारी नभएको भए सायद दशैंसम्म हल संचालन पनि भैसक्थ्यो । तर, अब हाम्रो टार्गेट भनेको नयाँ बर्षलाई हो ।’

दीपकले आफूहरुले यही क्षेत्रबाट नै आम्दानी गरेकाले यही क्षेत्रमा नै लगानी गर्न लागेको बताए ।“सिनेमा हल खोल्ने हाम्रो पुरानै योजना हो । पुरानो योजना अनुसार नै हल निर्माण गरिएको हो,” दीपक भन्छन्, “हामी यही क्षेत्रको मान्छे भएकाले चलचित्रबाट कमाएको पैसा पनि यही नै लगानी गरौं भन्ने थियो ।

निर्देशकसमेत रहेकी कलाकार दीपाश्री सिनेमा हलहरु धमाधम बन्द भइरहेका बेला नयाँ हल खोल्दा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्छिन् । उनले, आफूहरुले निर्माताको भावना र पीडा पनि वुझेकाले पनि निर्माताहरुका लागि राम्रो गर्ने उद्देश्यले नै हल संचालन गर्न लागेको बताइन । हलमा २ पर्दा रहनेछन् । जसमा २–२ सय सिट रहने दीपकले बताए । दर्शकले अत्याधुनिक प्रविधिमा चलचित्र हेर्न पाउने दीपाको भनाई छ ।

कमेन्ट्स
Loading...