सुचना, समाचार र मनोरन्जन
kumdini

युवा दिवसमा पोखरेली उद्यमी युवाले गरे रक्तदान

अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को सन्दर्भमा नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराले चिप्लेढुंगामा रक्तदान कार्यक्रम आयोजना ग¥यो ।
नेपाल रेडक्रस सोसाइटी कास्कीसँग समन्वय गरी आयोजना गरिएको कार्यक्रममा ७७ जनाले रक्तदान गरेका थिए ।

पोखरामा सन् २००४ देखि क्रियाशील मञ्चले मुलुका ११ वटा सहरमा एकैपटक रक्तदान कार्यक्रम आयोजना गरेको थियो । बढ्दो कोरोना भाइरस संक्रमणलाई लक्षित गर्दै स्वास्थ्य मापदण्ड अप्नाउन जनचेतनामुलक कार्यक्रम पनि समावेश गरिएको थियो । माक्स वितरण मात्रै होइन स्यानीटाइजर र अन्य स्वास्थ्य सामग्री प्रयोग गर्ने तरिकाको जानकारी समेत दिएर समाजिक दूरी अप्नाउन युवाहरूलाई सन्देश दिइएको थियो ।

मञ्चका अध्यक्ष सुनिल बहादुर भट्टराईले युवालाई उद्यमीशील बनाउन युवामैत्री नीति र युवा केन्द्रित कार्यक्रम आवश्यक भएको बताए । भट्टराईले रक्तदानमा सहभागी रक्तादातालाई धन्यवाद र आभार प्रकट गर्दै प्रमाणपत्र प्रदान गरेका थिए । युवासँग सम्बन्धित मुलुकभरका विभिन्न गैरसरकारी संघसंस्थाले युवा लक्षित कार्यक्रम आयोजना गरेर युवा दिवस मनाएका हुन् । पोखरामा पनि नेपाली युवा उद्यमी मञ्चले रक्तदान कार्यक्रम गरेर युवा दिवसलाई सन्देशमुलक बनाएको कुरा मञ्चका प्रथम उपाध्यक्ष सुयश मल्लले जानकारी दिए ।

British college

बढ्दो कोरोना भाइसरको जगजगीमा पनि युवाहरू पोखराको चिप्लेढुंंगामा सामाजिक दूरी कायम गर्दै रक्तदान गरेका थिए । युवा उद्यमी मञ्च विशुद्ध गैह्र नाफामुलक संस्था हो । युवाका मुद्धामा क्रियाशील मञ्च सामाजिक क्षेत्रमा पनि क्रियाशील छ । ‘स्टार्ट अफ हब’को निर्माण गरि ‘स्टार्ट अफ’ सम्बन्धी कानुन, नीति, नियम बनाएर अगाडि बढ्न प्रदेश सरकारलाई घच्घच्याइरहेको छ ।

यस वर्ष ‘खाद्य प्रणालीमा रूपान्तरण, मानव र भूमण्डलीय स्वस्थ्यका लागि युवा नवप्रवर्तन’ को नारा अन्तर्राष्ट्रिय युवा दिवसले तय गरेको थियो । युवाका मुद्धा र सवाललाई सम्बोधन गर्नका लागि संयुक्त राष्ट्रसंघले सन १९९९ देखि हरेक वर्षको अंग्रेजी महिना अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । राष्ट्रसंघको निर्णयसँगै सन् २००० देखि नियमति रूपमा विश्वभर युवा दिवसलाई विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरि मनाउँदै आइएको छ ।

युवासँग सरोकार राख्ने नेपालका संघसंस्थाले भने सन् २००४ देखि यो दिवस मनाउन थालेका हुन । वि.सं. २०७२ सालमा युवा परिषद् गठन भएपछि सरकारी स्तरमा वि.सं. २०७३ देखि कुल जनसंख्याको ४०.३ प्रतिशत युवालाई सम्बोधन गर्ने गरी कार्यक्रमको आयोजना हुँदै आएको छ ।

कमेन्ट्स
Loading...