सुचना, समाचार र मनोरन्जन

भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्रमा

एजेन्सी/
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रको भ्रमण गरेका छन । मोदी हेलिकप्टरमार्फत कालापानी क्षेत्र पुग्नुभएको हो । उनले सामाजिक सञ्जाल ट्विटरमा आफूले कैलाश र पार्वतीकुण्डको दर्शन गरेको भन्दै तस्बिर राखेका छन ।

मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्ने बुझिएको छ । भारतीय प्रधानमन्त्री मोदी पुगेको ठाउँ नेपाल–भारत सीमा क्षेत्रमा पर्छ ।

मोदीको भ्रमणको बारेमा नेपाललाई कुनै औपचारिक जानकारी नभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.