सुचना, समाचार र मनोरन्जन

२० हजार अफगानी जनतालाई क्यानडाले आफ्नो देश ल्याउने

  •  
  •  
  •  
  •  

तालिवानको बढ्दो हिंसाको कारण देश छाड्न बाध्य भएका अफगानिस्तानका नागरिकहरूलाई मद्दत गर्ने क्यानडाले घोषणा गरेको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्वीट लेख्दै अफगानिस्तानमा स्थिति खराब हुँदैछ र त्यहाँका जनताको जीवन खतरामा रहेको बताएका छन्। ‘उनीहरूको मद्दतका लागि हामी रिसेटल्मेन्ट प्रोग्राम विस्तार गरिरहेका छौँ ।

हामी प्रभावित बनेका २० हजार जना अफगानिस्तानका जनतालाई शरण दिन्छौँ र यो प्रक्रियालाई चाँडो बनाउँछौँ’, उनले ट्विटमा भनेका छन्।

कमेन्ट्स
Loading...