नेकपा माओवादी केन्द्रले केपी ओलीविरुद्ध बनेको वर्तमान सत्तारुढ गठबन्धनलाई कम्तिमा आउने तीनै तहका निर्वाचनसम्म कायम राख्ने प्रस्ताव अघि सारेको छ ।
शनिबार शुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गरेका छन्, जसमा गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्नेमा जोड दिएका छन् ।
शनिबार शुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गरेका छन्, जसमा गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्नेमा जोड दिएका छन् । अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायित्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यही रूपमा बुझ्ने र आगामी निर्वाचनसम्म कम्तिमा कायम राख्ने पार्टीको नीति हुनेछ ।’
एमालेसँगको एकता र गठबन्धन उपयुक्त भए पनि केपी ओलीको अहंकार र दम्भका कारण नेकपा विघटन भएको भन्दै प्रचण्डले आफ्नो प्रतिवेदन मूल रुपमा ओलीविरुद्ध केन्द्रित गरेका छन् ।
एमालेसँगको एकता र गठबन्धन उपयुक्त भए पनि केपी ओलीको अहंकार र दम्भका कारण नेकपा विघटन भएको भन्दै प्रचण्डले आफ्नो प्रतिवेदन मूल रुपमा ओलीविरुद्ध केन्द्रित गरेका छन् । ओलीले प्रधानमन्त्री पदमा पुग्न र निरंकुश बन्नका लागि मात्र पार्टी एकता गरेको क्रमशः प्रष्ट हुँदै गएको भन्दै प्रचण्डले आफ्नो प्रस्तावमा भनेका छन्, ‘उनले पार्टी एकताको सैद्धान्तिक, राजनीतिक र वैधानिकताको मूल मर्ममाथि नै निरन्तर प्रहार गर्ने काम गरे ।’

ओली प्रवृत्तिविरुद्ध नेकपाको बहुमत भएपनि उनले आत्मालोचना गरेर सुध्रिने प्रयास गर्नुको साटो झन् निरंकुश र तानाशाही बनेको भन्दै प्रचण्डले आफ्नो दस्तावेजमा भनेका छन्, ‘प्रतिनिधिसभाको दुईदुई पटक विघटन गरी जनमतको अपमान गर्न पुगे ।’
माओवादी केन्द्रको बैठकमा प्रचण्डले गरेको ब्रिफिङमा प्रतिगमनको खतरा अहिले पनि जीवितै रहेको बताए । परिवर्तन उल्ट्याउन खोज्ने शक्तिले यो गठबन्धनलाई भत्काएर पुरानै सरकार ल्याउन खोजिरहेको प्रचण्डले बताएका छन् । ओली प्रवृत्तिविरुद्ध नेकपाको बहुमत भएपनि उनले आत्मालोचना गरेर सुध्रिने प्रयास गर्नुको साटो झन् निरंकुश र तानाशाही बनेको भन्दै प्रचण्डले आफ्नो दस्तावेजमा भनेका छन्, ‘प्रतिनिधिसभाको दुईदुई पटक विघटन गरी जनमतको अपमान गर्न पुगे ।’
माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ’ प्रचण्डले बैठकमा भने,‘ यो सरकार अल्पमतमा पर्न सक्ने खतराको घण्टी बजि नै राखेको छ । प्रतिगमनको खतरा टरिसकेको छैन, त्यसैले हामीले धेरै हौसिन जरुरी छैन ।’