सुचना, समाचार र मनोरन्जन

रहेनन् धानबाली विशेषज्ञ बस्नेत

  •  
  •  
  •  
  •  

काठमाडौं /

वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड-१९ संक्रमणबाट ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा गरेका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न थिए ।

नेपालमा हिउँदै धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको थियो । उनका दुई छोरी र एक श्रीमती छन् ।

कमेन्ट्स
Loading...