पोखरा /
माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा १४८ पुगेको छ ।
बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक नपा ०३, बालकोट, सिराहा जिल्लाको नरहा गापा ०३, नरहा, महोत्तरी जिल्लाको एकडारा गापा ०५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गापा ११, रातापानी, झापा जिल्लाको शिवसताक्षी नपा १०, माईधारा ,झापा जिल्लाकै कन्काई नपा ०९, घौलाडुब्बामा थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त ९रियल टाइममा० खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु लगायत १४८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०८ स्थानबाट ग्राहकमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैकको देशभर १९८ वटा एटीएमहरु मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।