नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको हो । पत्र संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको टेबलमा पुगेको स्रोतले बताएको छ ।
सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो ।
कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरी छन् ।
एमाले सचेतक शान्ता चौधरीले उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न निर्णय संसदीय दलले गरेको भन्दै संसद सचिवालयलाई सूचना दिएको जानकारी दिइन्। उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।

कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरी छन् ।
संसद सचिवालयमा एमालेले बुझाएको पत्रको व्यहोरा यस्तो छ :
श्री संघीय संसद सचिवालय, सिंहदरबार काठमाडौ ।
विषय–दल त्याग गरेको सूचना सम्बन्धमा
यस दलको प्रतिनिधि सभाका देहायका माननीय सदस्यहरुले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ ९१० को क बमोजिम कार्य नगरी दलको निर्देशन ह्वीप उलंघन गरेकोले यस दलको केन्द्रीय कमिटीको मिति २०७८ साउन २५ को निर्णयअनुसार ऐनको दफा ३२९२० बमोजिम प्रतिनिधि सभा सदस्य समेत नरहनेगरी यस दलबाट समेत निस्कासन गरिएकोले दफा ३४ बमोजिम उक्त निर्णयको प्रतिलिपि समेत यसैसाथ राखी यो सुचना प्रकाशित गरिएको छ ।
यस विषयमा तत्काल संसदलाई जानकारी गराई दफा ३६ बमोजिम स्थान रिक्तको सुचना निर्वाचन आयोगमा शिघ्र दिनुहुन अनुरोध छ । केन्द्रीय कमिटीको माइन्युट साथै संलग्न छ ।
तपसिल :
यी हुन् कारवाहीमा पर्ने सांसदहरू :
माधवकुमार नेपाल
जीवनराम श्रेष्ठ
मुकुन्द न्यौपाने
रामकुमारी झाँक्री
कल्याणीकुमारी खड्का
लक्ष्मी चौधरी
निरुदेवी जैरु
पुष्पाकुमारी कर्ण
सरलाकुमारी यादव
कलिला खातुन
विरोध खतिवडा
कृष्णलाल महर्जन
भवानी खापुङ
मेटमणि चौधरी