सुचना, समाचार र मनोरन्जन

नबिल बैंकले शुरु गर्यो क्यास मेसिन सेवा, एटीएमबाट पैसा जम्मा गर्न पनि सकिने

  •  
  •  
  •  
  •  

पोखरा /

अब नबिल बैंकको पैसा जम्मा गर्न बैंक धाउनु नपर्ने भएको छ । बैंकले नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यतालाई अन्त्य गर्दै नबिल क्यास मेसिन सेवा सुविधा ल्याएको हो ।

बैंकले बुधबारबाट नबिल क्यास मेसिन सेवा सञ्चालनमा ल्याएको हो । यससँगै अब बैंकको क्यास मेसिनबाट आफुले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने छ ।

बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट यो सेवा सुरु गरेको छ । अब ग्राहकहरुले मेशिनमा १०००/५००/१०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्नेछन् भने एक पटकमा ९९ हजार ९०० रुपैयाँ जम्मा गर्न सक्नेछन् ।

यस मार्फत नबिलको कुनै पनि बचत र चाल्ती खातामा पैसन जम्मा गर्न सकिनेछ । साथै यस मार्फत ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्नेछन् ।

कमेन्ट्स
Loading...