सुचना, समाचार र मनोरन्जन

प्रदिप गिरीको स्वास्थ्यमा जटिल समस्या, भारतमा उपचार हुँदै

  •  
  •  
  •  
  •  

काठमाडौं /

नेपाली कांग्रेशका केन्द्रिय सदस्य प्रदिप गिरी अस्वस्थ भए पछि भारतमा उपचार गराइरहेका छन्। उनको घाँटीमा गम्भीर समस्या देखिएर केहि दिनदेखि भारत मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार भइरहेको बताइएको छ।

भारतमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता प्रदिप गिरीको स्वाथ्य अवस्था बुझ्न आज पार्टी सभापति विमलेन्द्र नीधि आज त्यसतर्फ गएका छन्। अवस्था थप जटिल भएको खवर आएपछि नीधि उनलाई भेट्न भारत गएको निधिको सचिवालयले जनाएको छ।

यता नेपाली कांग्रेशका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अस्वस्थ भइ भारतमा उपचार गराइरहेका गिरीको स्वास्थ्यलाभको कामना गरेका छन्। उनले सामाजिक सन्जाल मार्फत गिरीको स्वास्थ्यलाभको कामना गरेका हुन्।

कमेन्ट्स
Loading...