सुचना, समाचार र मनोरन्जन

अफगानिस्तानका पूर्वराष्ट्रपति घानीले पाए युएईमा शरण

  •  
  •  
  •  
  •  

अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीले संयुक्त अरव इमिरेटमा शरण लिएका छन् । अफगानिस्तानको राजधानी काबुलमा तालिवानको नियन्त्रण रहेपछि देश छोड्नु भएका पूर्वराष्ट्रपति घानी र उनको परिवारलाई मानवीयताका आधारमा आफ्नो देशमा स्वागत गरिएको संयुक्त अरव इमिरेटको विदेश मन्त्रालयले जानकारी दिएको छ ।

देश छाेडेर ताजिकिस्तानमा शरण लिएको आशंकाका वीच अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले उनि पत्नीसहित सेना प्रमूख र राष्ट्रिय सुरक्षा सल्लाहकालाई लिएर उज़्बेकिस्तानको राजधानी ताशकंद पुगेको बताएको थियो ।

अमेरिकाले देश छोडेर हिडेका घानीको कदमकाे कडा शब्दमा आलोचना गर्दै अफगानी सरकारले सही कदम उठाएको भए राजधानी काबुलमा तालिवानले कब्जा गर्न नसक्ने बताएको छ ।

कमेन्ट्स
Loading...