सुचना, समाचार र मनोरन्जन

कक्षा ११ र १२ का विद्यार्थीले आजदेखि कोरोना खोप लगाउन पाउने [ हेर्नुहोस् सूचना ]

विश्वविद्यालयका परीक्षार्थी र ४० वर्षमाथिकाले पनि खोप पाउने

काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) देखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ ।

महानगरले आजदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप दिन लागेको हो ।स्वास्थ्य सेवा विभागको भदौ ३ को निर्णयअनुसार भेरोसेल खोपको पहिलो मात्रा आज शुक्रबारदेखि विद्यार्थीलाई लगाउन सुरू गरिन्छ।

यस्तै आजदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने महानगरले जनाएको छ । महानगरका अनुसार खोप अभियान महानगरका ३२ वटै वडामा भदौ ४, ५, र ८ गते सञ्चालन हुनेछ ।

यस्तै सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, राधास्वामी आइसोलेसन सेन्टर सामाखुसी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल रत्नपार्क, निजामति कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसुती गृह थापाथली, शिक्षण अस्पताल महाराजगञ्जबाट पनि कोरोनाविरूद्ध खोप लगाउन सकिन्छ।

यस्तो छ सूचना:

कमेन्ट्स
Loading...