पोखरा /
नेपाल औषधी व्यवसायी संघ कास्कीको उपाध्यक्ष {थोक} पदमा सुमन तिवारीले उमेद्वारी घोषणा गरेका छन् ।
नेपाल औषधी व्यवसायी संघ कास्कीको मंसिर ८ र ९ गते पोखरामा हुने दोस्रो जिल्ला अधिबेशनमा {थोक} उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
हाल देशमा देखा परेको प्रतिकुल अवस्थालाई ध्यानमा राखेर आफुले उम्मेदवारी घोषणा गरेको तिवारीले बताए। स्वास्थ्य क्षेत्र र औषधी जनताको समान पहुंचमा हुनुपर्ने उनको जोड छ।
तिवारीको सगरमाथा मेडिलिंक प्रा.ली, मान्यता फार्मेसी लगाएत व्यवसाय सञ्चालनमा छन्। उनी विभिन्न सामाजिक क्षेत्रमा समते क्रियाशिल छन्।