सुचना, समाचार र मनोरन्जन

भारतीय वाणिज्य दूतावासमा तालिबानको छापा

  •  
  •  
  •  
  •  

हालै देश कब्जा गरेको तालिबानले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा बुधबार छापा मारेको छ।

हिन्दुस्तान टाइम्सका अनुसार हाल बन्द कन्धार र हेरातमा रहेका भारतीय दूतावासको कार्यालयको ताला तोडी तालिबानी लडाकु प्रवेश गरेको जनाएको छ। अफगानिस्तानको राजधानी काबुलमा सरकारको गुप्तचर एजेन्सी एनडीएसका लागि काम गर्ने अफगानी नागरिक खोजीका लागि तालिबानी लडाकु घरघर पुगेको हो।

जलालाबाद र काबुलस्थित भारतीय वाणिज्य दूतावासमा के भइरहेको छ, त्यसको जानकारी प्राप्त भइसकेको बिबिसीले जनाएको छ। रिपोर्टअनुसार हक्कानी नेटवर्कका झन्डै ६ हजार लडाकुले राजधानी काबुल नियन्त्रणमा लिएको जनाइएको छ। यसको नेतृत्व हक्कानी समूहका प्रमुख सिराजुद्दीन हक्कानीका भाइ अनस हक्कानीले गरेका छन्।

कमेन्ट्स
Loading...