सुचना, समाचार र मनोरन्जन

नेपालगञ्जमा खुल्यो जावा मोटरसाइकलको शोरूम

  •  
  •  
  •  
  •  

पोखरा /

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले नेपालगञ्जको भुजाई गाउँ चोकमा सोमबार जावा मोटरसाइकलको शोरूम खोलेको छ।

यो नयाँ आउटलेटको उद्घाटनसँगै अग्नि मोटोइंकले नेपालगञ्जमा जावाप्रेमीहरूको लागि आफ्नो लोकप्रिय मोडेलहरूमा पहुँच सजिलो बनेको जनाएको छ ।

अग्नि मोटोइन्कका महाप्रबन्धक शरद मिश्रले सबै ग्राहकहरूलाई गुणस्तरीय सेवा पुर्याउने उद्देश्य राखेर पूर्ण रूपले सञ्चालित सुसज्जित सेवा केन्द्रसहित नयाँ जावा शोरूम संचालनमा ल्याएको बताए ।

कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरूले यस शोरुमबाट अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् तथा नेपालगञ्जको केन्द्र र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड गर्न पाउनेछन् ।

नेपाली बजारमा अग्नि मोटोइंकले बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सेवा दिइरहेको छ ।

कमेन्ट्स
Loading...