सुचना, समाचार र मनोरन्जन

इसेवाले भोजपुरको विद्यालयलाई गर्यो सहयोग  

  •  
  •  
  •  
  •  

पोखरा /

इसेवा मनि ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्वको अन्तरगत भोजपुरको इश्वर मन्दिर विद्यालयलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।

डिजिटल साक्षरताका लागि मंगलबार एफवान सफ्ट ग्रुपका प्रमुख सञ्चालन अधिकृत (सिओओ) शिशिर पछाइले हेल्थ सेफ्टी एण्ड सेक्यूरिटीका म्यानेजर प्रमेश केसीलाई दुईवटा एलइडी टेलिभिजन र ३० वटा कम्प्युटरमा लाग्ने हेडफोन हस्तान्तरण गरेका छन् ।

इसेवा मनि ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । हेल्थ सेफ्टीले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । हेल्थ सेफ्टीले विद्यालयहरूलाई ई–लर्निङ सेन्टरका रूपमा स्थापित गर्न विभिन्न सहयोग गर्दै आइरहेको छ ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

कमेन्ट्स
Loading...