सुचना, समाचार र मनोरन्जन

खल्तीले सार्वजनिक गर्यो टिकटक च्यालेन्ज प्रतियोगिता

  •  
  •  
  •  
  •  

पोखरा /

खल्ती डिजिटल वालेटले खल्तीको १० प्रतिशत क्यासब्याक अफरमा राम्रो टिकटक भिडियो बनाई ५ हजार जित्ने सकिने टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ । खल्तीले टिकटक भिडियो बनाउनेहरूका लागि लक्षित गर्दै उक्त प्रतियोगिता सार्वजनिक गरेको हो । यस प्रतियोगिताको उत्कृष्ट ३ भिडियोहरुले ५००० नगद पाउनेछन् ।

यस च्यालेन्जमा प्रतिस्पर्धीले आफ्नो नम्बर रिचार्ज गर्दा पाएको १० प्रतिशत क्यासब्याकलाई रमाइलो ढंग मा भिडियो मार्फत् देखाउन सक्नेछन् । खल्ती आफैले आफ्नो टिकटकमा एउटा उदाहरण राखेको छ जसमा पसलबाट रिचार्ज कार्ड खरिद गरी घर फर्कदा रिचार्ज कार्ड हराएको र उक्त अवस्थामा खल्ती बाट रिचार्ज गरी १०५ क्यासब्याक पाएको सन्देश भिडियो मार्फत दिएको छ ।

१७ अगस्ट देखि ३० सम्म सञ्चालन हुने यस प्रतिस्पर्धामा सहभागी हुनका लागि सहभागीले भिडियो बनाउनुको साथै खल्तीको आधिकारिक टिकटक र इन्स्टाग्राम फलो पनि गर्नुपर्नेछ । साथै सहभागीहरुले भिडियो सँगसँगै यी ह्यासट्यागहरु पनि क्याप्सनमा समावेश गर्नुपर्नेछ ।

खल्तीले एनसेल, नमस्ते र स्मार्टसेलको टपअपमा नेपालकै सबै भन्दा बढी १० प्रतिशत क्यासब्याक अफर संचालन गरिरहेको छ । यो अफर अन्तर्गत, क्यासब्याक पाउन केवाईसि भेरिफाइड रहेको खल्ती आईडीकै नम्बरबाट सोही नम्बरमा रिचार्ज गर्नुपर्ने हुन्छ ।

यो योजना सिमित समयावधिको मात्र लागि रहेको छ । रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए ट्रान्ज्याक्सन हिस्ट्रीमा पुरै क्यासब्याक पाएको देख्न सकिने कम्पनीले जनाएको छ ।

कमेन्ट्स
Loading...