सुचना, समाचार र मनोरन्जन

सिटी एक्सप्रेस र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स कारोबार

  •  
  •  
  •  
  •  

पोखरा /

युकेको ख्यातिप्राप्त ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । उक्त कारोबार सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ट्यापट्याप सेन्डका तर्फबाट निर्देशक माइकल फेयले हस्ताक्षर गरेका छन् ।

योसँगैं युकेमा रहेका नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । उक्त पैसा नेपालमा सिटी एक्सप्रेससँंग आवद्ध १२ हजारभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने र छिट्टै नै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको अनुसार हरेक करोबार बारे एसएमएसद्वारा जानकारी गराइने छ । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

कमेन्ट्स
Loading...