सुचना, समाचार र मनोरन्जन

तेह्रथुम पावर कम्पनीको आईपीओ निष्काशन खुला

  •  
  •  
  •  
  •  

पोखरा /

तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि ८ करोड मूल्य बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो।

कुल निष्काशनमा आएको ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । उक्त आइपीओमा सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । उक्त धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ । कम्पनीले गत साउन ५ गतेदेखि आयोजना प्रभावित तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरी कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले तेह्रथुम जिल्लामा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाको प्रतिमेगावट लागत १८ करोड ३० लाख रुपैयाँका दरले कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ ।

तेह्रथुम पावर कम्पनीले आईपीओबाट संकलन गर्ने रकम निर्माणाधिन अपर खोरुङा स्मल हाइड्रोपावर प्रजेक्टमा लागनी गर्ने जनाएको छ । सन् २००९ मा स्थापना भएको हाइड्रोपावर कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ४० करोड पुग्नेछ ।

कमेन्ट्स
Loading...