सुचना, समाचार र मनोरन्जन

हिमालयन बैंकद्वारा गंगालाल अस्पताललाई आर्थिक सहयोग

  •  
  •  
  •  
  •  

पोखरा /

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मत–सम्हार गरी उचित सेवा प्रदान गर्न ६ लाख ९२ हजार ९६२ बराबरको आर्थिक सहयोग गरेको हो ।

अस्पतालमा भएको उक्त वार्ड जिर्ण भएकोले सेवाग्राही तथा चिकित्सकहरुका लागि समेत समस्या परेकोले बैंकले उक्त वार्ड मर्मत संहार गरी हस्तान्तरण गरेको हो ।

बैंकका तर्फबाट महाप्रबन्धक सुशील जोशी र माहाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले अस्पतालका कार्यकारी निर्देशक डा। चन्द्रमणि आधिकारीको उपस्थितिमा उक्त वार्डको समुद्घाटन गरेका थिए।

कमेन्ट्स
Loading...