सुचना, समाचार र मनोरन्जन

काबुल विस्फोटमा १३ अमेरिकी सेनासहित १०३ को मृत्यु

  •  
  •  
  •  
  •  

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर कम्तीमा १०३ जनाको ज्यान गएको छ । बिहीबार यहाँका आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट गराएका थिए ।

काबुल तालिबानीहरुले कब्जामा लिएपछि आफ्नो देश फर्किनका लागि विमानस्थलमा जम्मा भएका हजारौँको भीडलाई लक्षित गरेर उनीहरुले विस्फोट गराएका थिए । सो आक्रमणमा परेर मृत्यु भएकामध्ये १३ जना अमेरिकी सेना रहेका छन् ।

अफगानिस्तानमा रहेको अमेरिकी सैन्य समूहका प्रमुख कमान्डरले आफ्ना १३ सेनाको पनि मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँले सो आक्रमणमा मारिएका १३ जना अमेरिकी सैन्य सेवाका सदस्य रहेको बताउनुभयो । उक्त आक्रमणमा परी बिहीबार रातिसम्म कम्तीमा पनि १०३ जनाको ज्यान गएको छ ।

त्यसमा परेर करिब एक सयजना घाइते भएका छन् । घाइते हुनेमा अरू १८ जना अमेरिकी सेना पनि रहेका छन् । बम विस्फोट भएपछि भागदौड भएको र त्यसमा परेर केही व्यक्तिको ज्यान गएको बताइएको छ । आफ्नो देश फर्किनका लागि विमास्थलमा जम्मा भएका विदेशी नागरिकलाई लक्षित गरेर विस्फोट गराइएको समाचारमा जनाइएको छ ।

काबुल विमानस्थलमा हजारौँको भीड लागेको समयमा आक्रमणकारीहरुले बम विस्फोट गराएका हुन् । विमानस्थलबाहिर रहेको भीडभाडलाई लक्षित गरेर सो आक्रमण गराएको बताइएको छ ।

कमेन्ट्स
Loading...