सुचना, समाचार र मनोरन्जन

न्युरोडमा सुविधा सम्पन्न एसटीसी होलसेल मार्केट सुरु

  •  
  •  
  •  
  •  

काठमाडौं /

काठमाडौंको न्युरोडमा सुविधा सम्पन्न एसटीसी होलसेल मार्केट सुरु भएको छ। करिव ४०० पसल रहेको यो होलसेल मार्केटमा २४ घण्टा नै सुरक्षाको व्यवस्था मिलाइएको छ ।

वजारमा आउनेहरुलाई पार्किङमा असुविधा नहोस भनेर १ हजार भन्दा वढी मोटरसाइकल र ४०० वटा गाडी अट्ने पार्किङको समेत व्यवस्था गरिएको एसटीसी होलसेल मार्केट संचालन समिति सदस्य अश्मी भट्टराईले जानकारी दिए।

‘एउटै छानामुनि इम्पोर्टेट लत्ताकपडा, जुत्ता चप्पल, क्याप, वेल्ट, पर्स, गार्मेन्ट, अन्डर गार्मेन्ट, घडी, चस्मा, मोवाइल, कुर्ता सलवार, साडी, सल, इलेक्ट्रोनिक्स लगायतका सामानहरु पाइने भएकोले ग्राहकहरुलाई सहज हुने विश्वास लिएका छौं’, उनले भने।

मार्केटभित्र एटीएमको व्यवस्था रहेको छ भने ७७ जिल्लामा नै डेलभरीको समेत व्यवस्था मिलाइएको भट्टराईले बताए।

कमेन्ट्स
Loading...