सुचना, समाचार र मनोरन्जन

‘कमेडी च्याम्पियन’: रोएको मनले दुनियाँ हँसाउने गोर्खाली सन्तोष….

  •  
  •  
  •  
  •  

आजभोली शुक्रबार र शनिबार आउन्नै हुन्न, गोरखाको पालुङटार नगरपालिका—६ का ९३ बर्षिय कुलबहादुर थापा, उनकी श्रीमती ८६ बर्षिय नन्दकुमारी र ५६ बर्षिय बुहारी सितालाई घडीको सुई जतिसक्दो छिटो घुमेर नौ बज्दिए हुन्थ्यो जस्तो लाग्छ ।

कारण— ‘अहिले प्रत्यक शुक्रबार र शनिबार राति नौ बजेदेखि कान्तिपुर टेलिभिजनमा कमेडि च्याम्पियन सिजन टु आउने गर्छ ।’ उनीहरु कमेडि खासै बुझ्दैन्, कमेडि च्याम्पिएन भनेको के हो ? राम्ररी अझै बुझेका छैनन् । तर, पनि कमेडि च्याम्पियन नहेरी उनीहरुलाई शुक्रबार र शनिबार राति निन्द्रै लाग्दैन । उनीहरुको नाति÷छोरा गोर्खाली कमेडियन (सन्तोष थापा) ‘कमेडि च्याम्पियन सिजन टु’ का प्रतिशप्रर्धि हुन् । त्यसैले शुक्रबार सन्तोषलाई टिभीमा हेरेपछि मात्रै उनीहरु आरामले निदाउने गर्छन् ।

सन्तोषकी आमा भन्छिन्, ‘सन्तोषको हजुर बुबा र हजुर आमा दुबै जना बुढा भईसक्नु भयो । हजुर बुबाले एउटा आँखा देख्नुहुन्न । कान अलिअलि सुन्नुुहुन्छ । दुबै जना नातिलाई टिभीमा हेर्न मन लागेर होला जतिखेरै आज के बार हो ? भनेर सोधिराख्नु हुन्छ । शुक्रबार त हामी छिट्टै खाना खाएर टिभी हेर्न थाल्छौँ ।’ सन्तोष अहिले ‘च्याम्पियनको टप फोर’ मा पुगेका छन् । उनी ‘टप थ्रि’ मा पुग्ने दाबेदार प्रतिशप्रर्धि हुन् ।

जीवनमा खुलेर हाँस्न नसकेका सन्तोषले सबैलाई हसाउन थालेपछि . . .

दिदिहरु शान्ता, सरिता र दाई शिवपछि सन्तोष जन्मिए । उनी घरका कान्छो छोरा हुन् । उनको बाबु (तिलक बहादुर) लामो समय भारतमा काम गरे । त्यहीको कमाईले उनीहरुको घरखर्च चल्थ्यो । २०५४ सालमा सन्तोष जन्मिए । तिलक बहादुर माथि अर्काे जिम्मेवारी थपियो । अनि, धन कमाएर छोरा÷छोरी र परिवारलाई सुख दिने आशमा २०५८ उनी मलेसिया हिँडे । तर, दुुर्भाग्य ! सन्तान र परिवारको उज्जवल भविश्यको झिनो आश बोकेर बिदेशिएका उनी उतै विलिन भए । सपना बोकेर जहाज चढेका उनी, लास बनेर फर्किए । ४ बर्षकै उमेर हुँदा सन्तोषले बाबु गुमाए । २०६४ मंसिर मा तिलकबहादुरले मलेसियामै मृत्यु भयो ।

सन्तोषले राम्रोसँग बाबुको माया र स्नेहलाई महशुस गर्न समेत पाएनन् । ‘कान्छो (सन्तोष) सानै थियो, उहाँ बित्नु भयो । बाउसँग खेल्ने, रहमाउने त परको कुरा । त्यसले त बाउलाई राम्ररी देख्न पनि पाएन’, सन्तोषकी आमा बिगत सुनाउछिन् । सँगै जीउने, सँगै मर्ने कसम खाएका श्रीमान् सुनौलो भविश्यको कल्पना गरेर धन कमाउन (२०५८ सालमा) बिदेशिए । त्यसपछि कहिल्यै फर्केर आएनन् । श्रीमान्को मृत्यु पछि परिवारको सबै जिम्मेवारी सिताकै काँधमा आयो । सबै सन्तान सानै थिए, सासुु—ससुरालाई बुढेशकालले छोईसकेको थियो । खासै काम गर्न सक्दैनथे ।

जीवन साथिको साथबाट सदाका लागि एक्लिएपछिको पिडा र त्यसपछिका समस्या सम्झँदा आजभोलि पनि सिताका आँखा रसाउने गर्छन् । उनी विगत सम्झँदै भन्छिन्, ‘उहाँको स्वर्गबास भएपछि छोरा छोरी पढाउने, हुर्काउने, सासु—ससुरा सियार्ने सबै आफैले गर्न पर्ने भयो । मेलापात, खेति, किसानी गरेरै हुर्काएँ । कम्त दुख गरेँ, त्यो दिन सम्झँदा अझै बिरक्त लाग्छ ।’ अहिले दुई छोरी र जेठो छोराको विहे भईसक्यो । जेठो छोरा बैदेशिक रोजगारिका लागि (बराईन) मा छन् ।

सन्तोष कमेडि च्याम्पियनमा गएपछि ‘पपुलर’ भईसके । सन्तोषको कमेडि हेरेर गाउँका सबैले प्रशांसा गर्छन् । जब छोराछोरीको प्रगतिमा अरुले प्रशांसा गर्न थाल्छन्, सिता खुसीले गदगद हुन्छिन्, रमाउँछिन् । ‘अहिले त गाउँका सबैले कमेडि च्याम्पियनको आमा भनेर भन्छन् । खुसी लाग्छ, छोरा फष्ट भईदिए हुन्थ्यो । भगवानसँग कामना गरेको छु, यिनिहरु सबैको सधैँ राम्रो होस्’, उनी खुसी ब्यक्त गर्छिन् ।

नेपाल प्रहरीको जागिर, टिक्न नसकेको खुसी ….

सामान्य परिवारमा जन्मिएका सन्तोषलाई उनकी आमाले दुखसुख गरेर गाउँकै स्कूलमा कक्षा १२ सम्म पढाईन् । २०७१ सालमा कक्षा १२ को परिक्षापछि सन्तोष कम्प्युटर सिक्न काठमाण्डौँ गए । जेठि दिदिकोमा बसेर कम्युटर सिके ।

कक्षा १२ को परिक्षाफल आयो उनी पास भए । सन्तोषले सानैदेखि आमाको दुखलाई बुझेका थिए । १२ पास गरिसकेपछि अब कुनै जागिर खानुपर्छ, आमालाई सुख दिनुपर्छ भन्ने लाग्यो । नेपाल प्रहरीमा प्रयास गरे । २०७३ भदौ १५ गते उनी नेपाल प्रहरीमा छनौट भए । उनी ‘लाहुुरे’ बने । तालिम सकेर ड्युटी गर्न थाले । सन्तोष नेपाल प्रहरी भएकोमा परिवारका सबै सदस्य खुसी थिए ।

तर, उनको परिवारको यो खुसी पनि लामो समयसम्म टिक्क सकेन् । नेपाल प्रहरीमा भर्ति भएको तीन बर्ष नबित्दै सन्तोष बिरामी भए । ‘प्रहरीमा जागिर खाएको तीन बर्ष नबित्दै कान्छोलाई (सन्तोषलाई) ढाडको समस्या आयो । बेस्सरी बिरामी पर्याे । ५÷६ महिना त ओछ्यानको आछ्यानमै बस्नपर्याे । अनि जागिर पनि छाड्न पर्याे’, सन्तोषकी आमा बिलौना गर्छिन् ।

अनि कमेडि च्याम्पियनमा ….

बिरामी भएर प्रहरीको जागिर छाडेपछि सन्तोष फेरि काठमाण्डौँ गए । त्यहाँ दिदिको पसल थियो, दिदिलाई काममा सहयोग गर्न थाले । एकपटक हात पारेको खुसीलाई गुमाएका सन्तोषको दिनचार्य दिदिको काममा सहयोग गरेरै बित्न थाल्यो । यत्तिकैमा ‘कमेडि च्याम्पियन सिजन टु’ शुरु हुुने कुरा थाहा पाए ।

सन्तोषले ‘कमेडि च्याम्पियन सिजन अन’ खुब हेर्थे । उनी सानैदेखि कमेडियन स्वभाव भएकाले पनि होला, कमेडि भन्ने बित्तिकै उनलाई रमाईलो लाग्थ्यो । अनि, ‘सिजन टु’ भाग लिने सोच बनाए । आवश्यक प्रक्रिया पूरा गरे र भाग लिए ।

‘म सानैदेखि स्कूलमा पनि क्यारीकेचर गर्थेँ, रमाईलो गर्नुपर्छ भन्ने लाग्थ्यो । सिजन अन त टोटलै हेरेको छु । अनि सिजन टु शुरु हुने थाहा पाएपछि भाग लिउँलिउँ लाग्यो । अहिले यो ठाउँमा आईपुगेको छु’, उनी भन्छन् ।

भोटका लागि अपिल ….

स्कूल पढ्दादेखि नै सन्तोष साथीहरुलाई बटुलेर कमेडि गर्ने, हसाउने गर्थे । तर, उनी औपचारिक रुपमा (स्टेजमा) कमेडि गरेको भने पहिलो पटक कमेडि च्याम्पियनमा नै हो । सरल भाषामा हसाएर, पेचिलो सन्देश दिने क्षमता भएका गोर्खाली सन्तोष अहिले चर्चित छन् । उनी ‘कमेडि च्याम्पियन सिजन टु’ का चर्चित कमेडियन हुन् ।

अहिले ‘टप थ्रि’ का लागि उनले प्रतिशप्रर्धा गरिरहेका उनले आफुलाई भोट दिएर उत्कृष्ट ३ मा पुर्याईदिनका लागि उनले सबैलाई आग्रह गरेका छन् ।

कमेन्ट्स
Loading...