सुचना, समाचार र मनोरन्जन

आई पे रेमिटद्वारा टिकटक च्यालेजको घोषणा

  •  
  •  
  •  
  •  

पोखरा /

आई पे रेमिटले नेपाली नारीहरुका लागि विशेष महत्व राख्ने हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेज घोषणा गरेको छ ।

भाद्र १४ गतेबाट सुरु हुने यस प्रतियोगितामा सहभागी हुन चाहनु हुने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड गर्नुपर्ने छ ।

भाद्र २४ गतेसम्ममा संचालन हुने यस टिकटक च्यालेन्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगी ले लक्की ड्रमार्फत बम्पर क्यास प्राइज २० हजार जित्ने मौका पाउनेछन् ।

साथै यस च्यालेन्जमा सहभागी हुने मध्ये दैनिक ५ जनाले लक्की ड्र मार्फत ५०० को टपअप पाउनेछन् भने सर्वाधिक लाइक आएको कुनै एक प्रत्योगिले नगद पुरस्कार १० हजार जित्ने मौका पाउनेछन् ।

मलेशिया, जापान लगाएत विश्वका विभिन्न मुलुक बाट रकम ल्याईरहेको आई पे रेमिट ले रियल टाईम एकाउन्ट डिपोजि सुविधा साथै नेपाल भर छरिएर रहेको १२ हजार भुक्तानि काउन्टरबाट ग्राहकवर्गहरुलाई सुविधा दिँदै आइरहेको छ ।

अघिल्लो वर्ष पनि आयोजना गरिएको आई पे रेमिटको टिकटक च्यालेन्जमा देश तथा विदेशबाट उल्लेखनीय सहभागिता देखिएको थियो र यस वर्ष सो सहभागिता थप उल्लासमय हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

कमेन्ट्स
Loading...