सुचना, समाचार र मनोरन्जन

‘खल्ती’बाट कुनै पनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

  •  
  •  
  •  
  •  

पोखरा /

खल्ती डिजिटल वालेटले सम्पूर्ण ग्राहकहरुको लागि खल्ती मा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको छ।

यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्ती बाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाखसम्मको रकम निस्शुल्क पठाउन वा जम्मा गर्न सक्नेछन् । त्यसैगरी, प्रत्येक महिनाको अधिकतम १० पटक वा २ लाख ५० हजारसम्मको रकम बिना कुनै सेवा शुल्क खल्तीबाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिन्छ।

खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल, र एजेन्टहरुको हकमा यो अफर लागु हुनेछ। नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरि खल्ती केवाईसी भेरिफाई गरि उक्त आकर्षक अफर मा सहभागी हुन सक्नेछन् ।

‘खल्ती बाट घरमै बसी सहकारी संस्थाहरुमा पैसा डिपोजिट गर्न वा सहकारीको ऋण तिर्न सकिने सुविधाबाट ग्राहकहरुको अमुल्य समय बचाउन पाउँदा हामी ज्यादै उत्साहित छौँ । हामी आशावादी छौँ कि खल्ती को यो सेवाले हाम्रो डिजिटल नेपाल को अभियानमा थप टेवा पुग्नेछ,’ सोसियल मिडिया तथा कन्टेन्ट मार्केटिंगकी वरिष्ठ अधिकारी रोनिका श्रेष्ठले भनिन् ।

कमेन्ट्स
Loading...