सुचना, समाचार र मनोरन्जन

सिस्नेखाेलाले कार बगाउँदा चार जनाको मृत्यु, चालक गम्भीर घाइते

  •  
  •  
  •  
  •  

दाङमा खोलाले कार बगाउँदा ४ जनाको मृत्यु भएको छ । उक्त कार गएराती पौने दश बजे घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखाेलाले बगाएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार गए राति करिब १० बजेर ५० मिनेटमा बगाएको थियो। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार खोलाले कार बगाउँदा चार जना महिलाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते छन्।

बाढीले बगाउदा कार चालक घोराही १५ निवासी वर्ष ४३ को नरबहादुर पुनलाई घटनास्थलदेखि १ किलोमिटर टाढा खाेलामा बगिहेकाे अबस्थामा प्रहरीले फेला पारी उद्दार गरेको थियो । पुनको खुट्टा भाँचिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले खोलाले कार बगाउँदा घोराही उपमहानगर १३ की ४० वर्षीया रितामाया पुन, सोही ठाउँकी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ३३ वर्षीया राधा कुँवर, सोही ठाउँकी ४३ वर्षीया बिमला केसीको मृत्यु भएको जानकारी दिए।

बेपत्ता भएकाहरुको शब प्रहरीले आज बिहान ३ बजे घोराही ३ बेलुवास्थित खोलाको किनारमा फेला पारेको उनले बताए । शवलाई पोस्टमार्टमका लागि राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ। चालकको पनि घोराहीमै उपचार भइरहेको छ।

कमेन्ट्स
Loading...