सुचना, समाचार र मनोरन्जन

भारतीय टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको हृदयघातबाट निधन

सिद्धार्थ ‘बीग बोसल १३’को विजेता समेत बनेका थिए ।

  •  
  •  
  •  
  •  

बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।मुम्बईको कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो ।

उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन । सिद्धार्थ फिट थिए र उनलाई मुटु सम्बन्धि केही पनि समस्या थिएन । यस्तोमा सिद्धार्थको अचानक मृत्यु हुँदा धेरैजना शोकमा छन् ।

सिद्धार्थ ‘बीग बोसल १३’को विजेता समेत बनेका थिए । सिद्धार्थको जन्म सन् १९८० मा मुम्बईमा भएको थियो । उनले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जितेका थिए । यसपछि, उनले टेलिभिजन सिरियलमा अभिनय सुरु गरेका थिए ।

उनी आमा र दुई बहिनीसँग बस्थे। शुक्लाले शोबिजमा मोडलिङ गरेर आफ्नो करिअर सुरू गरेका थिए। टेलिभिजन सिरियल ‘बाबुलका आंगन छुटे ना’बाट उनले डेब्यू गरेका थिए।

कमेन्ट्स
Loading...