सुचना, समाचार र मनोरन्जन

महानगरमा राजस्व हिनामीना भएको भन्दै ‘अभियान पोखरा’द्वारा ध्यानाकर्षण

  •  
  •  
  •  
  •  

पोखरा /

आवाज विहिनको आवाज र बिकल्प सहितको बिरोध भन्ने मूल नारा बोकेको पोखरा महानगरपालिका केन्द्रित ‘अभियान पोखरा’ले पोखरा महानगरमा ७ करोड ८१ लाख ६ हजार १ सय ३२ रुपैयाँ आम्दानी भन्दा कम सञ्चित भएको सन्दर्भमा पोखरा महानगरका कर अधिकृत, प्रमुख प्रशासकीय अधिकृतलाई भेटी ध्यानाकर्षण गराएको हो।

प्रमुख प्रशासकीय अधिकृत महेश बरालले मीडियामा आएको बिषयमा अनबिज्ञता प्रकट गर्दै, महालेखाको प्रतिबेदन अध्ययन गरी एक हप्ता भित्र राजस्व हिनामीनाको सन्दर्भमा महानगरको आधिकारिक धारणा सार्बजानिक गर्ने बताएको अभियान पोखराका प्रवक्ता कृष्ण बरालले जानकारी दिए ।

अघिल्लो बर्ष हिसाब नमिलेको १ करोड ७३ लाख ११ हजार ९ सय ७८ रुपैयाको सन्दर्भमा मेयर जिसिले प्राइभेट सी.ए राखेर प्रतिबेदन तयार गर्ने भनी गरेको प्रतिबद्दताको बिषयमा अभियान्ताहरुले प्रश्न गर्दा प्रमुख बरालले प्रतिबेदन तयार गर्न ज़िम्मा दीइएको सी.एले काम गर्न नसकेको साथै सो बिषयमा अख़्तियारले छानबिन गरिरहेको बताएको अभियानका प्रवक्ता बराल जानकारी दिए ।

त्यस्तै महानगरका कर अधिकृत गणेश पाण्डेका अनुसार अहिले ५ करोड राजस्व बढ़ी उठेको र सो रक़म अघिल्लो बर्ष महालेखा प्रतिबेदन अनुसार नमिलेको १३ करोड बाट घटाएर अब ८ करोड़को हिसाब मिलान गर्न बाक़ी रहेको अभियान पोखराका कार्यक्रम संयोजक युवराज बरालले जानकारी दिए ।

कमेन्ट्स
Loading...