सुचना, समाचार र मनोरन्जन

अफगानिस्तान छोड्न काबुलमा युवतीहरूले अपरिचित व्यक्तिसँग गरे विवाह

  •  
  •  
  •  
  •  

अफगानिस्तानमा तालिबानको कब्जा पछि अफगान महिला र छात्राको हकबारे विश्व यतिखेर चिन्तित छ। उनीहरूको स्थिति कती भयावह हुँदैछ भन्ने तथ्य तालिबानको अघिल्लो शासनकालले देखाएको छ।

तालिबानले काबुल कब्जा गरेपछि अफगानिस्तानबाट आफ्ना छोरीहरूलाई निकाल्नका लागि उनीहरुका आमाबुबाले काबुल एयरपोर्ट बाहिर बिहे गरिदिएको घटना बाहिरिएको छ। सीएनएनले अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै यो कुरा खुलाएको हो।

संयुक्त अरब इमिरेट्स (यूएई) मा अनुसन्धानको क्रममा केही युवतीहरुले अमेरिकी अधिकारीहरुलाई आमा बुबाले उनीहरुलाई काबुल एयरपोर्ट बाहिर विवाह गर्न बाध्य पारेको बताएका छन्। युवतीहरूले उनीहरुका आमा बुबा तालिबान शासनको बेला उनीहरु देशमा राख्न नचाहेको बताएका हुन्।

आश्चर्यको कुरा यो छ की युवतीहरूका आमाबुबाले एयरपोर्ट बाहिर देश छोड्न लागेका युवाहरूको खोजि गरेको जोसँग देश छोड्न चाहिने आधिकारिक कागजातहरू थिए। आमाबाबुले ती मानिसहरुलाई रकम दिएर आफ्ना छोरीहरूलाई विवाह गर्न लगाएका थिए। कतिपय अवस्थामा केटाहरुले पैसा लिएर युवतीहरूलाई आफ्नी श्रीमती भन्दै अफगानिस्तानबाट निकालेको बताइएको छ।

कमेन्ट्स
Loading...