सुचना, समाचार र मनोरन्जन

सामाजिक बिषयबस्तुमा आधारित तीज गीत ‘तगारो’को म्युजिक भिडियो बजारमा

  •  
  •  
  •  
  •  

सामाजिक बिषयबस्तुमा आधारित तीज गीत ‘तगारो’को म्युजिक भिडियो बजारमा आएको छ। समाजमा हुने घटनालाई गीतको भिडियोले कथा बस्तुमा उतारेको छ।

गीतको भिडियोको कथा अनुसार अन्तरजातीय बिबाह भएपछि सासुले बुहारीलाई कुटेकी छन् । जात नमिलेको भन्दै बाबुले छोरी अर्कैसंग बिबाह गर्ने टुंगो गर्छन्। तर केटीले आफ्नी आमालाई फकाएर आफ्नो प्रेमीसंग नै रातारात बिबाह गर्छिन्। बिहे भएको केही महिनामै उनलाई घरकाले पीडा दिन सुरु गर्छन्।

बिबाह गरेको २ बर्ष सम्म पनि उनी माईत जान पाएकी छैनन् । सासुको निरन्तर पिटाईका कारण उनी घर छोड्न बाध्य भईन् । यस प्रकारको कथा बस्तुमा आधारीत भएर तीज गीत तगारो बजारमा आएको हो ।

गीतमा सरोज लामिछानेको शब्द तथा दिप्लभ खातीको लयमा रिना केसी र सजना बास्तोलाको स्वर रहेको छ । भिडियोलाई गणेश सापकोटाले छायाकन गरेका हुन् भने होम गुरुङको निर्देशन तथा सुबास अम्गाईको सम्पादन रहेको छ। भिडियोमा कलाकार सरिता दानकुटी, राजेन्द्र नेपाली “लट्टे” लगायतको अभिनय रहेको छ।

हेर्नुहोस् भिडियो  :

कमेन्ट्स
Loading...