सुचना, समाचार र मनोरन्जन

अब सम्सारा रेमिटबाट पठाइएको रकम खल्तीमा सिधै प्राप्त गर्न सकिने

  •  
  •  
  •  
  •  

पोखरा /

खल्तीले रेमिट्यान्स कम्पनी सम्सारा रेमिटमार्फत् देश तथा विदेशबाट पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने तथा नेपालको जुनसुकै ठाउँमा पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ ।

यस सेवा कार्यान्वयनमा आएसँगै अब नेपालमा रही खल्ती मार्फत नेपालको जुनसुकै ठाउँमा सजिलै विदेशबाट पाउन र नेपालभरिबाट पैसा पठाउन र पाउन दुबै सक्नेछन् । सम्सारा मार्फत् विदेशबाट प्राप्त गर्न सकिने राष्ट्रमा कतार, मलेसिया, फ्रान्स, लेबनान, इराक, दुबई, दक्षिण कोरिया, जर्मनी तथा मध्य पूर्व राष्ट्रहरु रहेका छन् ।

खल्तीबाट रेमिट्यान्स पठाउन वा प्राप्त गर्न ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्छ । त्यसैगरी नयाँ प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी भेरिफाई गरीसकेपछि रेमिट्यान्स प्राप्त गर्न वा पठाउन सक्नेछन् ।

कमेन्ट्स
Loading...