सुचना, समाचार र मनोरन्जन

ईपीएसका श्रमिक पठाउने तयारी

  •  
  •  
  •  
  •  

रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ ।

भिसालगायत प्रक्रिया पूरा भएर कोरोना संक्रमणका कारण उडान बन्द हुँदा रोकिएका १० हजार युवालाई कोरिया पठाउने सम्बन्धमा दुई देशका प्रतिनिधित्व छलफल भएको हो ।

कोरोना संक्रमणको दर दुवै देशमा कम भएपछि जनस्वास्थ्यका मापदण्ड पूरा गरेर लैजाने सम्बन्धमा नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्ले र मानव संशाधन विकास बोर्ड एचआरडी कोरियाका नेपाल प्रतिनिधि किम उन डकबीच छलफल भएको हो ।

आजको कारोबार दैनिकबाट साभार  ।

कमेन्ट्स
Loading...