सुचना, समाचार र मनोरन्जन

‘तेश्रो बुष्टर ईण्टरटेनमेण्ट फिल्मी पार्श्व गायन अवार्ड २०२१’ बाट गायक रामभक्त जोजिजु पुरस्कृत

  •  
  •  
  •  
  •  

गायक रामभक्त जोजिजु , राजु गिरीद्वारा निर्देशित नयाँ चलचित्र तिम्रो हुने कहिलेको दैब लाग्यो मायाँमा बोलको गीत बाट उत्कृष्ट पार्श्व गायन बेस्ट सिङ्गर अफ द फिल्मी अवार्ड तेस्रो बुष्टर ईण्टरटेनमेण्ट अवार्ड २०२१ बाट पुरस्कृत भएका छन्।

उक्त गीतका रचनाकार अनिल खनाल हुनुहुन्छ भने संगीतकार बाबुल गिरी हुनुहुन्छ। लामो समय देखि गायनको माध्यम बाट समाजमा उल्लेखनिय कार्य गर्दै आईरहेका गायक रामभक्त जोजिजु काठमण्डौमा साउन ३० गते आयोजित एक कार्यक्रम बीच ‘तेस्रो बुष्टर ईण्टरटेन्मेण्ट फिल्मी अवार्ड २०२१’ बाट पुरस्कृत भएका हुन् ।

गायनको क्षेत्रमा पृथक पहिचान बनाउन सफल जोजिजु पछिल्लो समयमा ब्यस्त जे। ई स्टुडियो एण्ड म्युजिक सप का म्यानेजिङ्ग डाईरेक्टर त्यसै गरि जे। ई अनलाईन गायन प्रशिक्षक लगायत अन्य रचनाकार र संगीतकार को पहिलो रोजाई को गायक बन्न सफल भएका छन्।

उनले उडेर जुन छुन्छु भन्थे , के बर मागी फर्क्यौ भन , दुधे दुधले नुहाउनु अब,  जहाँ भामर छ त्यहि तिम्रो सिम्सार, त्यो कहिले घाम ,मायाँ लाई ढाका पछ्यौरी , मनको ढोका लगायत दर्जनौं गीत हरुमा आफ्नो आवाज दिईसकेका छन्।

फुर्सदको समयमा गीतहरुको संगीत गर्नु , गीतहरुको संगीत संयोजन गर्नु ,गीतको भिडियोको ईडिटिङ्ग गर्नु , कभर डिजाईन गर्नु ,गीत संगीत सिकाउनुबाट चर्चा बटुल्न सफल गायक रामभक्त जोजिजु काम ठुलो सानो हुदैन ,कर्म गर फलको आशा नगर भन्छन।

कार्यक्रममा कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यता मा सम्पन्न भएको थियो।

कमेन्ट्स
Loading...