सुचना, समाचार र मनोरन्जन

Ycc र ग्लोबल क्लबको सहयोगमा निःशुल्क कम्प्युटर तालिम

  •  
  •  
  •  
  •  

पोखरा /

युथ कम्युनिटी क्लब (Ycc Nepal) र लायन्स क्लब अफ पोखरा ग्लोबल सेन्चुरीको सहयोगमा सन्ध्या जब्स प्रा.लि. बाट १८ जनाको लागि निःशुल्क तालिम आइतबारबाट एक कार्यक्रमको बीच युथ कम्युनिटी क्लबका अध्यक्ष, लायन्स क्लब २१/२२ का अध्यक्ष तथा सन्ध्या जब्सका सञ्चालक पूर्ण कुमार श्रेष्ठ ज्यूले उद्घाटन गरे ।

कार्यक्रम युथ कम्युनिटी क्लबका उपाध्यक्ष जयन्ती मोक्तानले सञ्चालन गर्दै आइरहेको कार्यहरु, युवाव्यवसायीहरुको लागि र नँया व्यवासायीहरु उत्पादन गर्न क्लबले महत्वपूर्ण भुमिका खेल्दै आइरहेको जानकारी गराईन ।

यसै क्रममा युथ कम्युनिटी क्लबका अध्यक्ष, लायन्स क्लबबर्ष २१/२२ का अध्यक्ष, सन्ध्या जब्सका सञ्चालक कार्यक्रमका अध्यक्ष पूर्ण कुमार श्रेष्ठले युवा व्यवसायीहरुबीच साथ, सहयोग र सहकार्यका लागि स्थापित युथ कम्युनिटी क्लब विगत २ वर्षदेखि पोखराबाट शुरु गरिएको हालसम्म युवाव्यवसायीहरुको लागि व्यवसायीक तालिम, अन्तरक्रिया कार्यक्रम, मोटिभेषण कार्यक्रम, जनचेतना कार्यक्रम, बृक्षरोपण, रक्तदान कार्यक्रम गरि सकेको, क्लबका सदस्यहरुबीच देखिने व्यापारमा समस्या, विभिन्न रोगबाट देखिने समस्या समाधानको लागि सदस्यहर बीच विपत व्यवस्थापन कोष सञ्चालन गरिएको जानकारी गराए । पोखराबाट गठित क्लब हालसम्म काठमाडौँ इकाई समिति, गोरखा इकाई समिति, बुटवल इकाई समिति गठन गरि पोखरा बाहिर पनि क्लबको उद्देश्यलाई अगाडि बढाइ रहेको जानकारी गराए।

विगत नौँ बर्षदेखि पोखरामा जब्स एजेन्सीको रुपमा काम गर्दै आइरहेको र हालसम्म हजारौलाई रोजगारहरु विभिन्न तालिमहरु, रोजगार दाता, कम्पनीहरुको लागि कर्मचारी उपलब्ध गराउदै आइरहेको कम्पनीहरुको सेल्स मार्केटिङ, प्रमोशन तथा पोखरामा आउने नँया कम्पनीहरुको लागि एजेन्सीको रुपमा पनि काम गरिरहेको साथै बेरोजगारहरुको लागि दक्ष बनाई रोजगार प्राप्त बनाउनको लागि आवश्यक अनुसार विभिन्न तालिमहरु प्नि सञ्चालन गर्दै आइरहेको श्रेष्ठले बताए ।

कमेन्ट्स
Loading...