सुचना, समाचार र मनोरन्जन

शक्तिको दुरुपयोग गरेर देउवाले पार्टी कब्जा गर्ने दुस्साहस गरे : वरिष्ठ नेता पौडेल

  •  
  •  
  •  
  •  

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्री समेत रहेका सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका हुन् ।

पार्टीको १४औँ महाधिवेशन कार्यक्रम अन्तर्गत भएका वडा अधिवेशनमा देउवाले शक्तिको दुरुपयोग गरेको नेता पौडेलको भनाइ छ । सत्ता र शक्तिको दुरुपयोगबाट सम्पन्न भएका केही वडा अधिवेशन आफूहरूलाई मान्य नहुने चेतावनी दिँदै नेता पौडेलले भने , ‘वडा अधिवेशनहरू भयो भनेर नाटक रच्न खोजिएको छ।

धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरूपयोग गर्न कांग्रेसजस्तो पार्टीलाई सुहाउँदैन। यसलाई मान्दैनौं।’ क्रियाशील सदस्यता छानबिन गर्ने कार्यमासमेत देउवाले धाँधली गरेको उनको आरोप छ ।

कमेन्ट्स
Loading...